कांग्रेसको युवा संकल्प यात्रा समापन
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्रा मंगलबार सकिएको छ ।
गत २३ कात्तिकमा झापाको मेचीनगरबाट सुरु भएकोमा यात्रा मंगलबार कञ्चनपुरको महेन्द्रनगर पुगेर समापन भएको नेता भूपेन्द्रजंग शाहीले बताए ।
भ्रष्टाचार उन्मूलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रण, सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्नेजस्ता एजेन्डासहित युवा संकल्प यात्रा भएको थियो ।
‘युवा संकल्प यात्राका क्रममा विभिन्न जिल्ला पुगेर हामीले पार्टीका साथीहरू र आमजनसमुदायबाट सुझावहरू लियौँ’ शाहीले भने, ‘ती सुझाव सभापति शेरबहादुर देउवा र सरकारसँग जोडिएका विषय प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बुझाउँछौँ ।’
प्रतिक्रिया