पूर्वमन्त्री अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत, काठमाडौंले मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा पूर्वमन्त्री अधिकारीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकारीलाई मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।
कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि एमाले प्रदेशसभा सदस्य तथा तत्कालीन आन्तरिक मामिलामन्त्री अधिकारी छानबिनमा परेका हुन् ।
प्रतिक्रिया