सरकारले बालुवाटार जग्गा प्रकरण सामसुम पार्न खोजेको राप्रपाका अध्यक्ष लिङदेनको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सरकारले बालुवाटार जग्गा प्रकरण सामसुम पार्न खोजेको आरोप लगाएका छन् । शुक्रवार भक्तपुरमा चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले पूर्वप्रधानमन्त्रीहरु पनि अनुसन्धानको घेरामा परेपछि सत्तारुढ गठबन्धनको बैठकमा बालुवाटार जग्गा प्रकरण सामसुम पार्ने निर्णय भएको दाबी गरेका हुन् । उनले ललिता निवास प्रकरणबारे अनुसन्धान गर्न बाध्य बनाएका प्रहरी अधिकृतहरुलाई घटना सामसुम बनाउन सरकारले सरुवा गर्न लागेको बताए ।
अध्यक्ष लिङदेनले अहिले जनतालाई भ्रममा राखेर सरकारले ठूला भ्रष्टाचार विरुद्ध काम गरेँ भनेर दंगा पिटेको आरोप समेत लगाए ।  सरकार एकातिर भ्रष्टाचारबिरुद्ध कारबाही गरेको जस्तो देखाउने र अर्कोतिर भ्रष्टाचारीको संरक्षण गरेर सरकार टिकाउने काममा लागेको उनको भनाइ थियो ।

प्रतिक्रिया