तीन महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा (रेमिट्यान्स) विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई ४ खर्ब सात अर्ब ३१ करोड पुगेको छ । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय खुद ट्रान्सफर ४ खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४ खर्ब चार अर्ब सात करोड रहेको थियो ।

असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत–नयाँ लिने नेपालीको सङ्ख्या १ लाख १० हजार ६ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार ९ सय ३९ रहेको छ ।

प्रतिक्रिया