दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगियो

काठमाडौ। मंगलबार पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई स्वास्थ्य जाँचका लागि चिरायू अस्पताल लगिएको छ ।  

प्रसाईंलाई मंगलबार प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि जघन्य आरोप लगाएको आरोपमा प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ‘साइबर अपराध मुद्दामा पक्राउ गरेको हो ।  

सोमबार प्रसाईंले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको स्मार्ट एजियाटा नामक कम्पनीमा  २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको भन्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरेका थिए । प्रसाईंले सार्वजनिक गरेको सो समाचार झुठो र भ्रामक भएको बताइएको छ । 

प्रसाईंले  ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत् कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए। प्रमाण भन्दै सार्वजनिक गरिएको स्क्रिनसट भने पत्यारिलो देखिन्न।

प्रतिक्रिया