उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्नुपर्छ: कानूनमन्त्री गुुरुङ
काठमाडौं । कानून, न्याय तथा संसदिय मामिलामन्त्री धनराज गुुरुङले उच्च तहका नेता सबैको सम्पती छानबिन गर्ने दिशातर्फ सरकार अघि बढ्ने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको भेलालाई सम्बोधन गर्दै उनले सरकारले शिर्ष नेताहरुको सम्पती छानबिन गर्ने बताएका हुन । मन्त्री गुरुङले सामान्य हेलचेक्र्याईले सुन तस्करी भएको हो भन्ने प्रतिवेदन बाहिर ल्याइएको भन्दै सुन तस्करी सामान्य व्यक्तिबाट हुनैनसक्ने जिकिर गरे ।
मन्त्री गुरुङले सरकारको नीति तथा कार्यक्रममा उच्च तहका नेताहरु सबैको सम्पती छानबिन गर्नुपर्ने कुरा उल्लेख रहेको भन्दै त्यसको कार्यान्वयन हुने बताए । सरकार मुलुकलार्ई सुशासन स्थापित गरेर अघि बढाउन प्रतिवद्ध रहेको उनले बताए । बजारमा नक्कली भूटानी शरणार्र्थी प्रकरण, ललिता निवास प्रकरणसँगै अहिले सुन काण्ड आएको भन्दै मन्त्री गुरुङले सरकारले भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने उल्लेख गरे । भ्रष्टाचारको लिङ्ग, जात, धर्म हुँदैन भन्ने मान्यताका साथ सरकार अगाडी बढ्ने मन्त्री गुरुङको भनाइ थियो । सरकारले कानूनको चाङ लगाएर मात्रै केही नहुने भन्दै सबै दोषी कानूनको कठघरामा उभिने बताए ।
प्रतिक्रिया