पाकिस्तानमा भएको आक्रमणमा ८ जना सैनिकको मृत्यु
एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा ८ जना सैनिकको मृत्यु हुनुका साथै ७ जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै ए.एफ.पी.ले जनाएको छ ।
खैबर–पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “८ सैनिक“ र “९ आतङ्कवादी“ मारिएको एक जना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।
पाकिस्तानी तालिबान (टि.टि.पी.) ले यस घटनाको जिम्मेवारी लिएको छ । तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका “सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
अधिकारीका अनुसार “आक्रमणकारीहरूले अधिकारीहरूका हात हतियारहरू पनि जफत गरेका थिए । अफगानिस्तान सँगको सिमानामा टि.टि.पी.को आक्रमण बढेको बताउदै प्रहरी अधिकारी मुहम्मद जिया उद–दिनले घटनाको पुष्टि गरेका छन् ।
तालीवान समूहले अक्टोबर–२५ मा दश जना प्रहरी अधिकारीहरूको हत्या गरेको थियो । यस अघि प्रान्तीय राजधानीको रेल स्टेसनमा सोही समूहले गरेको बम विस्फोटमा–१४ जना सैनिक सहित २६ जनाको मृत्यु भएको थियो भने एक हप्ता पछि शनिबार पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा उनीहरुले ७ जना सैनिकको हत्या गरेका थिए ।
रासस
प्रतिक्रिया