‘काँग्रेस मजबुत नभए अहिलेको प्रणाली नै संकटमा पर्छ’ - काँग्रेस नेता सिंह

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस मजबुत नभए अहिलेको प्रणाली नै संकटमा पर्ने बताएका छन् । शनिवार काठमाडौंको प्रतिनिधि सभा क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलनमा बोल्दै नेता सिंहले २०४६ को परिवर्तन आएकोमा खुशी नभएका तत्वहरु अहिले पनि समाजमा विद्यमान रहेको उल्लेख गर्दै काँग्रेस मजबुत भएमात्रै लोकतन्त्र बलियो हुने बताएका हुन् । उनले र पार्टीलाई विधि अनुसार चलाउनुपर्ने तथा संगठनलाई बलियो बनाउँदै राजनीतिक हिसावले दिनसक्ने सकारात्मक सन्देश नागरिकहरुमा बाँड्नुपर्ने पनि बताए । 
नेता सिंहले काँग्रेस अहिले पनि कमजोर नरहेको दाबी गर्दै समयको माग अनुसार केही सुधार भने गरेर अघि बढ्नुपर्ने आवश्यकता औैल्याए ।

प्रतिक्रिया