हङकङमा लोकतन्त्र पक्षधर ४५ जना नेता र कार्यकर्तालाई १० वर्ष सम्मको जेल सजाय
एजेन्सी । हङकङमा लोकतन्त्र पक्षधर ४५ नेता–कार्यकर्तालाई ७ देखि १० वर्ष सम्मको जेल सजाय सुनाइएको छ ।
हङकङको एक अदालतले उनीहरूलाई मंगलबार यस्तो सजाय सुनाएको हो । लोकतन्त्र पक्षधर एक प्रमुख नेता बेनी ताईलाई १० वर्षको काराबासको सजाय सुनाइएको छ । अन्य दर्जनौं कार्यकर्तालाई चार
देखि सात वर्ष सम्मको सजाय सुनाएको हो ।
आन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यो हङकङको इतिहासको सबैभन्दा ठूलो ‘राष्ट्रिय सुरक्षा मामिला’ भएको बताइएको छ । १० वर्षको सजाय सुनाइएका ताई कानूनविद् हुन् ।
उनी २०१९ मा भएको सरकार विरोधी प्रदर्शनका प्रमुख नेता थिए । सजाए सुनाइएका ५५ जना नेता–कार्यकर्तालाई जेलमा राखिएको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया