सरकारले मूल्य नतोक्दा किसान उधारोमै उखु बेच्न बाध्य

काठमाडौं । विगतका वर्षझैं यसपालि पनि उखु किसान उधारोमै उखु बेच्न बाध्य भएका छन् । 

सरकारले समयमै समर्थन मूल्य नतोकि दिँदा किसानले उधारोमा उखु बेच्नु परेको किसानको भनाइ छ । सरकारले ढिलाइ गर्दा उद्योगीहरूले भने यही छेको पारेर गत वर्षकै मूल्यमा किसान सँग उखु लिएर क्रसिङ थालेका छन् । 

उद्योगले गत वर्षकै मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँमा उखु किनेका थिए । मंसिर देखि उखु क्रसिङ शुुरु भएर चैत सम्म चल्नेछ ।  सरकारले गत आर्थिक वर्षका लागि उखुको मूल्य प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ तोकेको थियो । 

गत पुस ३ को मन्त्रिपरिषद् बैठकले सरकारी अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ बाहेक उखुको मूल्य ५ सय ६५ रुपैयाँ तोकेको थियो । उखुको न्यूनतम मूल्य अघिल्लो वर्षको तुलनामा प्रतिक्विन्टल २५ रुपैयाँ बढी तोकेको थियो । तर, ढिला गरी समर्थन मूल्य तोकिदिँदा किसानले भाउ पाउन सकेनन । 

उखु सर्लाही, मोरङ, सिरहा, धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सा, नवपरासी, कैलाली, कञ्चनपुर लगायत जिल्लामा खेती गरिन्छ । तर, पछिल्लो समय उखुको खेती घट्दै गएको छ । 

प्रतिक्रिया