‘टी.ओ.डी.’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’ विवादमा नेपाल विद्युत प्राधिकरणले काटेका बिलबिजकको अध्ययन गर्न तीन सदस्यीय विज्ञ समिति गठन गरेको छ ।

मन्त्रालयले डेडिकेटेड तथा ट्रङ्कलाइन विद्युत् महसुल बक्यौता सम्बन्धी आवश्यक सत्यतथ्य विवरण÷प्रमाण संकलन गर्ने एवम् प्रमाणीकरण गर्ने कार्यादेश अनुसार नेसनल कलेज अफ इन्जिनियरिङ्का प्रा.डा. अरविन्दकुमार मिश्रको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिको सदस्यमा ‘चार्टड एकाउन्टेन्ट’ सुजनकुमार काफ्ले र श्रीरामराज पाण्डे छन् ।  ‘समितिले गिरिशचन्द्र लाल नेतृत्वको आयोगले गरेका सिफारिस र मन्त्रिपरिषद्ले गरेका निर्णयका आधारमा पहिले काटेका बिलबिजकलाई ‘टाइम अफ डे’ अर्थात टी.ओ.डी. मिटरका आधारमा पुनःगणना गरी जाँच गर्ने बताइएको छ । 

सो समितिलाई जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिस अनुसार विसं २०७२ माघ देखि २०७५ वैशाख सम्म टी.ओ.डी. मिटर समेतको आधारमा डेडिकेटेड फिडर र ट्रङ्कलाइन बाट विद्युत् उपयोग गर्ने ग्राहकको वक्यौता विद्युत् महसुल निर्क्यौल सम्बन्धी आवश्यक सत्यतथ्य प्रमाण एवम् प्रमाणीकरण गर्ने मुख्य कार्यादेश दिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया