शरणार्थीका लागि खाद्यान्न बोकेका १०९ ट्रक लुटिए
एजेन्सी । प्यालेस्टिनी शरणार्थीका लागि खाद्यान्न बोकेका संयुक्त राष्ट्रसङ्घको १०९ वटा ट्रकको समूह गाजा प्रवेश गरेपछि ‘हिंसात्मक तरिकाले लुटिएका छन् ।
इजरायल नियन्त्रित केरेम शालोम क्रसिङबाट दक्षिणी गाजातर्फ लागेका लरीहरुमध्ये ९७ वटा एकाएक हराएका थिए । तिनका चालकलाई बन्दुकको नोकमा सहायता समाग्री लरीबाट उतार्न लगाइएको र जसलाई सबैभन्दा खराब घटनाहरुमध्ये ठानिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
इजरायली अधिकारीहरूले जनसङ्ख्याको आधारभूत आवश्यकता पूरा भएको सुनिश्चित गर्न र सहायताको सुरक्षित वितरणलाई सहज बनाउन अन्तर्राष्ट्रिय कानून अन्तर्गत आफ्नो कानूनी दायित्वलाई बेवास्ता गरेको प्यालेस्टाइनले जनाएको छ ।
गाजामा कार्यरत संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय यू.एन.आर.डब्लू.ए.ले गाजामा मानवीय सहायता जारी रहने जनाएको छ । खाद्यान्नको चरम अभावका कारण देइर अल बलाह र खान युनिसमा संयुक्त राष्ट्रसङ्घको सहयोग प्राप्त आठ वटै भण्डार हप्तौं देखि कम क्षमतामा सञ्चालन भइरहेका छन् । पूर्ण रूपमा बन्द गर्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घीय निकायले जनाएको छ । तत्काल हस्तक्षेप नगरेमा खाद्यान्नको गम्भीर अभाव अझ विकराल हुने उसको चेतावनी छ ।
गाजामा बाँच्नका लागि मानवीय सहायतामा निर्भर रहेका २० लाख भन्दा बढी मानिसको जीवनलाई थप खतरामा पार्नेपनि यू.एन.आर.डब्लू.ए.ले जनाएको छ ।।
प्रतिक्रिया