भोलिदेखि संसदको गतिरोध हट्ने प्रधानमन्त्री दाहालको दाबी, आज एमालेसँग सदन खुलाउनका लागि गम्भीर छलफल गर्ने भनाइ
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आईतवारबाट संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिवार स्व. रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री दाहालले गतिरोध अन्त्यका लागि आफूले निरन्तर पहल गरिरहेकाले भोलिदेखि संसद सूचारु हुने दाबी गरेका हुन् । उनले आज साँझ प्रमुख प्रतिपक्ष र सत्ता गठबन्धनसँग छलफल गरेर संसद गतिरोध खुलाउन प्रयास गर्ने र आईतवारदेखि संसद सञ्चालन हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले संसद अवरोध खुलाउनका लागि आफूले सभामुखसहित प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीसँग छलफल अघि बढाइरहेको पनि बताए ।
प्रतिक्रिया