हरिणी अमरसूर्या बनिन् श्रीलंकाको नयाँ प्रधानमन्त्री
एजेन्सी । श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिणी अमरसूर्या नियुक्त भएकी छन् । प्रधानमन्त्री बन्ने उनी श्रीलंकाकी तेस्रो महिला नेता हुन् । उनी दुई महिनाअघि श्रीलंकामा बनेको अन्तरिम सरकारमा पनि प्रधानमन्त्री भएकी थिइन् ।
प्रधानमन्त्री बनेकी हरिणी अमरसूर्याले सन् १९९१ देखि १९९४ सम्म दिल्ली विश्वविद्यालयको हिन्दु कलेजमा अध्ययन गरेकी थिइन् । उनी ५ वर्षअघि मात्रै राजनीतिमा प्रवेश गरेकी हुन् ।
श्रीलंकामा १४ नोभेम्बरमा संसदीय निर्वाचन भएको थियो । जसमा अनुराकुमार दिसानायकेको गठबन्धन विजयी भएको थियो । सोमबार नयाँ मन्त्रिपरिषद् गठन भएको हो ।
प्रधानमन्त्रीसहित नयाँ मन्त्रिपरिषद्का सदस्यहरूलाई राष्ट्रपति दिसानायकेले पद तथा गोपनियताको शपथ गराएका छन् ।
प्रतिक्रिया