स्वर्गीय प्रधानाध्यापक धमलाको स्मृतिमा अक्षय कोष स्थापना

खोटाङ । हृदयघातका कारण ज्यान गुमाउका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक मेघराज धमलाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको छ । प्रधानाध्यापक धमलाको स्मृतिमा परिवारका सदस्य तथा आफन्तले अक्षयकोष स्थापना गरेका हुन् । 

आगामी दिनमा अक्षय कोषको राशि बढाउँदै लैजाने गरी स्थापना गरिएको ‘स्वर्गीय मेघराज धमला स्मृति अक्षय कोष’ को वार्षिक ब्याजबाट वर्षेनी एक जना जिल्लाका प्रधानाध्यापक तथा सो विद्यालयका उत्कृष्ट एक विद्यार्थीलाई पुरस्कृत गरिने जनाइएको छ । मृतक धमलाका परिवार तथा आफन्त गरी २९ जनाले स्वैच्छिक रुपमा ९ लाख ४५ हजार रकम उपलब्ध गराएका छन् । 

भाइटीका लगाएर काठमाडौंबाट घर फर्कने क्रममा गत कात्तिक–२१ गते उनको निधन भएको थियो । स्वर्गीय धमलाको श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया