उपनिर्वाचन : वडाध्यक्षका उम्मेदवारले दिए एक अर्काविरुद्ध उजुरी
काठमाडौं । मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिएका ४ सय ६ जना उम्मेदवारमध्ये २ जना उम्मेदवारविरुद्ध मात्रै उजुरी परेको छ ।
निर्वाचन आयोगका अनुसार रुकुम पश्चिमको सानोभेरी गाउँपालिका वडा नम्बर ५ मा उम्मेदवारी दिएका २ जना वडा अध्यक्ष एक अर्का विरुद्ध आफैले उजुरी दिएका हुन् ।
उक्त वडा अध्यक्षका लागि नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका जसिराम बस्नेत र नेपाली काँग्रेस विरुद्ध उम्मेदवारी दिएका मोतिराम खत्रीले एक अर्का विरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको जनाइएको छ ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार सोमबार बिहान १० बजेदेखि दिउसो २ बजेसम्म उम्मेदवार विरुद्ध दाबी बिरोध तथा उजुरी दिने कार्यतालिका रहेको थियो ।
प्रतिक्रिया