सबै मिलेर देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने देउवाको भनाइ

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका छन ।आज नेपाल निजामति कर्मचारी युनियन राष्ट्रिय भेला तथा विधान अधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै उनले कर्मचारी भनेको स्थायी सरकार भएकाले कर्मचारीहरुसहित सबै मिलेर अब देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताएका हुन ।सभापति देउवाले अहिले पार्टीका नाम जुनकुनै राखेपनि सबै पार्टीहरु प्रजातान्त्रिक र संविधानअनुसार चलेको दाबी गरे । सभापति देउवाले डेंगु संक्रमणलाई ध्यानमा राखेर सरकारले रोकथामका उपायह अवलम्वन गर्नुपर्ने बताए ।

प्रतिक्रिया