साउदीले तोड्यो मृत्युदण्डको कीर्तिमान, कति बिदेशीले पाए सजाय ?

एजेन्सी । साउदी अरबले सन् २०२४ को मध्य नोभेम्बर सम्म बिदेशी रहित २७४ जनालाई मृत्यु दण्ड दिएको छ । 

मानव अधिकारवादी संस्थाहरुले साउदीको मृत्युदण्डप्रति आफूअरु त्रसित रहेको बताएका छन् । साउदी प्रेस एजेन्सीको तथ्यांकअनुसार  २०२४ को पहिलो नौ महिनामा मात्रै  २०० जनालाई मृत्युदण्ड  दिइएको थियो ।

तर मध्य नोभेम्बरसम्म आइपुग्दा त्यो संख्या बढेर २७४ पुगेको छ ।  जुन विगत तीन दशकमा कुनै पनि वर्षको मृत्युदण्डको संख्याभन्दा निकै बढी भएको बताइएको छ । मानव अधिकारवादी संस्था  एम्नेस्टी इन्टरनेशनलका अनुसार सार्वजनिक रूपमा  रूपमा मृत्युदण्ड दिइएका २७४ व्यक्तिहरूमध्ये लाग ूऔषधसम्बन्धी अपराधका लागि ५९ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ४६ विदेशी नागरिक थिए। यो प्रतिगामी प्रवृत्तिले लागूपदार्थ सम्बन्धी आरोपमा मृत्युदण्डको सजाय पाएका सयौं कैदीहरूको जीवनको लागि गम्भीर चिन्ता खडा गरेको बताइएको छ । 

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार भर्खरै, लागूऔषध तस्करीको आरोपमा एक यमनी नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। एएफपी रिपोर्टका अनुसार यस वर्ष मृत्युदण्डको सजाय सुनाइएका विदेशी नागरिकहरूमा जसमा पाकिस्तानका २१,यमनका २०, सिरियाका १४, नाइजेरियाका १०, इजिप्टका नौ, जोर्डनका आठ र इथियोपियाका सात जना रहेका छन् । यसबाहेक सुडान, भारत र अफगानिस्तानका तीन–तीन जना र श्रीलंका, इरिट्रिया र फिलिपिन्सका एक–एक जना रहेका छन् ।


 

प्रतिक्रिया