कोशीमा पहिचान पक्षधरले फेरि आन्दोलन गर्दै : कर्मचारी कारबाहीदेखि सांसद निषेधसम्मको एजेण्डा

विराटनगर । कोशी नाम खारेजीको माग गर्दै विभिन्न १२ वटा संघ संस्थाले आन्दोलनको घोषणा गरेका छन् ।

विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले केही उग्र कार्यक्रम र अनिश्चितकालीन हड्ताल गर्ने घोषणा गरेका हुन् । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले कोशी नाम खारेज गर्न माग गर्दै १७ गते फागुनलाई कालो दिवशको रुपमा मनाउने तयारी गरेको छ ।

समितिले १० चैतसम्म कोशी प्रदेशको नाम खारेजी र पुनः नामाङ्कन प्रक्रिया शुरु नगरे प्रदेशसभा र मुख्यमन्त्री कार्यालय घेराउसहित अनिश्चितकालीन हड्ताल गर्ने चेतावनी दिएको छ ।

तत्कालीन केदार कार्की नेतृत्वको सरकारसँग सहमति भएपछि शान्तिपूर्ण गतिविधि गर्ने बताएको पहिचान पक्षधरले सार्वजनिक कार्यक्रममा प्रदेश सांसदलाई निषेधको घोषणा गरेको छ ।

उनीहरूले यसअघि जस्तै ८५ जना सांसदलाई निषेध गर्ने, सांसदका नातागोतालाई हस्ताक्षर फिर्ता लिन दबाब दिने लगायतका कार्यक्रम घोषणा गरेका हुन् ।

कोशी नामको लेटर प्याड, छाप नचलाउन कार्यालय प्रमुख कर्मचारीहरुलाई अनुरोध गर्ने नमानेमा स्पष्टीकरणको कारबाही अघि बढाइनेसंयुक्त संघर्ष समितिले जानकारी दिएको छ ।

प्रदेशको नाम कोशी मेटाउन र हटाउन पनि पहीचान पक्षधरले माग गरेका छन् ।

आइतबार हिजो २ गते विराटनगरमा घोषणा भएको संघर्षको नीति अनुसार सयुक्त संघर्ष समितिको बैठकले कार्यक्रम बनाएर प्रभावकारी कार्यान्वयन गर्ने तयारी थालेको छ ।

प्रतिक्रिया