विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च
एजेन्सी । विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य अहिलेसम्मकै उच्च ९० हजार अमेरिकी डलरभन्दा माथि पुगेको छरु। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएयता बिटक्वाइन मात्रै होइन, डजक्वाइन, इथेरियमलगायत क्रिप्टोकरेन्सीको मूल्य ह्वात्तै बढेको छ ।
विशेषगरी ट्रम्पको जित र इलन मस्कको समर्थनले बिटक्वाइनसहितका क्रिप्टो मुद्राको मूल्य अकासिएको हो । ट्रम्पले क्रिप्टोकरेन्सीमैत्री नीति अपनाउने र अमेरिकालाई ‘पृथ्वीकै क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने वाचा गर्दै आएका छन । विश्वका सयभन्दा धेरै देशले बिटक्वाइन र अन्य क्रिप्टोकरेन्सीहरूमा सीमित मात्रामा कारोबार गर्न दिएका छन् भने अन्यले पूर्ण रूपमा यसलाई प्रतिबन्ध लगाएका छन ।
अमेरिका, क्यानडा, युरोपेली संघ, सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्डलगायत देशमा क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएका छन । चीन, पाकिस्तान, साउदी अरेबिया र ट्युनिसियाले क्रिप्टोमा कारोबार गर्न नपाउने गरी कडा प्रतिबन्ध लगाएका छन । नेपालमा पनि क्रिप्टोकरेन्सी प्रतिबन्धित छ ।
प्रतिक्रिया