अमेरिकाद्वारा रुसको भित्रि भागसम्म मार हान्न युक्रेनलाई अनुमति
एजेन्सी । अमेरिकाले रुसको भित्रि भागसम्म मार हान्न युक्रेनलाई अनुमति दिएको छ । राष्ट्रपति जो बाइडनले अमेरिकाले दिएको लामो दुरीको मिसाइल रुसको भित्रि भागसम्म आक्रमण गर्न अनुमति दिएका हुन । रुसले युक्रेनविरुद्ध केही दिनयताकै ठूलो आक्रमण गरेपछि बाइडेन प्रशासनले युक्रेनलाई यस्तो अनुमति दिएका हुन ।
अमेरिकामा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउस फर्केसँगै युक्रेनलाई अमेरिकाले दिने सहायतामा कटौति हुनसक्ने भन्दै बाइडेनले आफ्नो कार्यकालमै युक्रेनलाई सहयोग बढाउने निर्णय गरेका हुन । बाइडन प्रशासनले युक्रेनलाई लोमो दुरीको मिसाइल प्रयोगको अनुमति दिएको विषयलाई युक्रेनी राष्ट्रपति जेलेन्स्कीले समेत पुष्टि गरेका छन । गत महिना नै अमेरिकाले युक्रेनलाई लामो दुरीको मिसाइल पठाएको थियो । तर, प्रयोगको अुनमति भने दिएको थिएन ।
विगत लामो समयदेखि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिका र पश्चिमा राष्ट्रलाई लामो दुरीको मिसाइल रुसको भित्रि भुभागसम्म मार हान्नका लागि अनुमति दिन आग्रह गर्दै आएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि नै युक्रेनलाई लामो दूरीको मिसाइल प्रयोगको अनुमति दिए युक्रेन युद्धमा रुसको पश्चिमा राष्ट्र र नर्थ एटलान्टिक सन्धि संगठन–नेटोसँग प्रत्यक्ष यद्ध हुने चेतावनी दिदै आएका छन ।
प्रतिक्रिया