माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । महाधिवेसनबाट पारित भएको विधानमा विवाद देखा परेपछि त्यसलाई संशोधन गर्नेदेखि आगामी केन्द्रीय समिति बैठकको तयारीबारेमा पदाधिकारी बैठकमा छलफल हुने नेताहरुले बताएका छन ।

सो पार्टीको गत कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले केन्द्रीय समितिको बैठक पुस २–७ गतेसम्म बस्ने निर्णय गरेको थियो । बैठकमा स्थानीय तह उपनिर्वाचनमा तालमेलका विषयमा पनि छलफल हुने भएको छ ।
 

प्रतिक्रिया