मुलुकका पन्चानब्बे प्रतिशत नागरिकको घरमा विद्युतको पहुँच, चुहावट १३ दशमलव ४६ प्रतिशतमा झरेको प्राधिकरणको दाबी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशका ९५ प्रतिशत नागरिकमा बिजुली बत्तीको पहुँच पुगेको जनाएको छ । प्राधिकरणको ३८औँ वार्षिकोत्सवका अवसरमा प्राधिकरणले देशभर ५१ लाख ३० हजार ग्राहकले विद्युत सेवा पाएको जनाएको हो ।
हाल राष्ट्रिय प्रशारण लाइनबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी जम्मा ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्रुत गरिरहेका छन । विद्युत् चुहावट १३ दशमलव ४६ प्रतिशतमा झरेको प्राधिकरणको भनाइ छ । आर्थिक वर्ष २०७८÷०७९ को तुलनामा चुहावट १ दशमलव ९२ प्रतिशतले घटेको प्राधिकरणले जनाएको छ ।
विद्युत खपत २०७८÷७९ को तुलनामा २०७९÷८० मा ५ दशमलव ५० प्रतिशतले बढेको उल्लेख छ । खपत वृद्धि भई ९ अर्ब ३५ करोड युनिट पुगेको छ । गएको वर्ष १२ अर्ब ३३ करोड खुद मुनाफा आर्जन गरेको प्राधिकरणको सञ्चित नाफा ३६ अर्ब ६७ करोड पुगेको छ ।
बार्षिकोत्सवका अवसरमा शुभकामना दिदै ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउन र गुणस्तरीय एवम् भरपर्दो विद्युत् सेवाका लागि प्राधिकरणको योगदान महत्वपूर्ण रहेको बताएका छन ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समय विद्युत् उत्पादन बढ्न थालेकाले अब खपत बढाउनुपर्ने बताएका छन । आगामी २ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पू¥याउने गरी वितरण प्रणाली निर्माण कार्य अगाडि बढाइएको पनि प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले यही बर्ष सर्वसाधारणका लागि शेयर समेत निस्कासन गर्दैैछ ।
प्रतिक्रिया