ओखलढुङ्गा समन्वय समितिको प्रमुखमा कांग्रेस उम्मेदवार भट्टराई निर्विरोध
काठमाडौं । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।स्थानीय तह उपनिर्वाचन–२०८१ मा आज आइतबार उम्मेदवारी दर्ता गराएका उन निर्विरोध निर्वाचित भएका नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज आइतबार जारी गरेको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको छ ।
प्रतिक्रिया