प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच बालुवाटारमा भेटवार्ता, संसदको अवरोध अन्त्य गर्ने विषयमा छलफल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई संबैधानिक निकायका प्रमुखबीच सदनको गतिरोध अन्त्य गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सभामुख घिमिरेले प्रधानमन्त्रीसँग भेट गरेर संसद सुचारु गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन् । सदनमा जारी गतिरोध हटाउन सभामुख र प्रधानमन्त्रीबीच यसअघि पनि पटक पटक छलफल भएपनि हवरोध हट्न सकेको छैन ।
सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग राखेर एमालेले साउन १० गतेदेखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।
प्रतिनिधिसभाको अर्को बैठक भदौ तीन गते बोलाइएको छ । संसद अवरोध भएको विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले समेत चासो प्रकट गर्दै आएका छन् ।
प्रतिक्रिया