रा.स्व.पा.ले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने
प्रधानमन्त्री ओलीले भेट्ने समय नदिएको गुनासो
काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले ८ मंसिरदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन्।
उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए ।
आफ्ना मागबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समेत जानकारी गराउने प्रयास गरे पनि समय नदिएको नेता झाले पत्रकार सम्मेलनमा बताए। प्रधानमन्त्रीको सचिवालयले भेट्न समय मिलाउने आश्वासन दिइरहेको तर प्रधानमन्त्रीकै अरुची देखिएको कार्यबाहक प्रवक्ता झाले बताए। रास्वपा सभापति रवि लामिछानेलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिने पर्याप्त आधार र कारण हुँदाहुँदै हिरासतभित्र राखिनु राजनीतिक प्रतिशोध भएको उनले बताए।
प्रतिक्रिया