मोरङमा एमाले र कांग्रेसले गराए उम्मेदवारी दर्ता
काठमाडौं । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका तुलसीराम विश्वासले उम्मेदवारी दर्ता गरेका छन्।
विश्वासले निर्वाचन कार्यालय ग्रामथान तेतरिया पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि ग्रामथानको अध्यक्ष पदमा विश्वासले आइतबार उम्मेदवारी दर्ता गरेका हुन् ।
उनीसँगै ग्रामथानमा राप्रपाका दिनेशकुमार थान्दारले पनि उम्मेदवारी दर्ता गरेका छन् । त्यसैगरी कांग्रेसका बलराम सरदार र माओवादीका नमोनारायण माझीले उम्मेदवारी दर्ता गरेका छन् ।
प्रतिक्रिया