किन हुँदैछ ट्रम्पको आलोचना ?(भिडियो रिपोर्ट)

अमेरिका । यही ५ नोभेम्बरमा अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आफ्नो मन्त्रिपरिषद्का लागि बिवादित व्यक्तिहरु नियुक्ति गरिरहँदा  व्यापक आलोचना भएको छ ।

ट्रम्पले गर्ने करिब चार हजार उच्च पदका नियुक्तिहरु मध्ये १ हजार दुई सय भन्दा बढी पदका नियुक्तिमा सँसदीय सुनुवाई हुनुपर्नेछ  । 


जनवरी २० मा उनले वर्तमान राष्ट्रपति जो बाइडेनलाई बिदाइ गरेर सत्ता सम्हाल्ने छन् । तर सो अगावै नब निर्वाचित अमेरिकी राष्ट्रपती ट्रम्पले यी नियुक्तिहरु गर्ने छन्। 

उनले नियुक्ति अभियान जारी राखेकै बेला केही नियुक्ति अहिलेनै बिबादमा पनि परेका छन् । खास गरी ट्रम्पले रक्षामन्त्रीमा छानेका पिट हेग्सेथ, ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्ज र स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जुनिअरका बारेमा आलोचना खेप्नु परेको छ ।

 यस बारेमा अमेरिकाबाट एभिन्यूज खबर टेलिभिजनका सम्पादक रामप्रसाद खनालको भिडियो रिपोर्ट ।


 

प्रतिक्रिया