लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने रेशम चौधरीको चेतावनी
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतले टीकापुर घटना रेशम चौधरीकै नेतृत्वमा भएको ठहर गर्दै राष्ट्रपतिबाट पाएको आममाफीप्रति प्रश्न गरिएको पूर्ण फैसला सार्वजनिक गरेपछि उनले सामाजिक सञ्जालमा आन्दोलनको चेतावनी दिएका हुन । संरक्षक चौधरीले राजनीतिमा घुसपैठ गराएर आफ्नै मान्छे प्रयोग गरेको आरोप समेत लगाएका छन् । उनले आफूहरू भित्र रहेको गद्धार चिनिसकेको बताउँदै समय आएपछि सबै प्रकारको सामना गर्न तयार रहेको पनि प्रस्ट पारेका छन । चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे सडक, सदनसहित सबै प्रकारको आन्दोलन गर्न बाध्य हुने उल्लेख गरेका छन् ।
प्रतिक्रिया