ट्रम्पको कार्यकालमा चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान
एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनफिङ अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
शनिबार पेरुमा भएको वार्षिक एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा भाग लिने क्रममा उनीहरुले एक अर्कालाई भेटेका हुन् ।
।वर्तमान अमेरिकी राष्ट्रपति बाइडेनसँगको पछिल्लो भेटमा चिनियाँ राष्ट्रपति जिनपिङले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर काम गर्ने कुरा गरेका बताइएको छ ।
भेटमा जिनपिङले बाइडेनको कार्यकालमा अमेरिका र चीनबीचको सम्बन्धमा आएको उतारचढावलाई पनि स्वीकार गरे। जिनपिङ र जो बाइडेनले व्यापार र ताइवान मुद्दाहरूमा तनाव कम गर्न पनि छलफल गरका बताइएको छ ।
अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पको विजयपछि विश्लेषकहरूले ट्रम्पको कार्यकाल सुरु भएसँगै चीन र अमेरिकाबीचको सम्बन्धमा तनाव बढ्न सक्ने अनुमान गरेका छन् ।ट्रम्पले चिनियाँ आयातमा ६० प्रतिशतसम्म कर बढाउने बताएका छन् । आफ्नो पहिलो कार्यकालमा पनि ट्रम्पले चीनलाई अमेरिकाको सबैभन्दा ठूलो प्रतिद्वन्द्वी भनेका थिए ।
प्रतिक्रिया