घोराही सिमेन्टको उत्पादन ढलाई मिक्स पि.पि.सी.बजारमा

काठमाडौं । घोराही सिमेन्टले नविनतम उत्पादन ढलाई मिक्स पि.पि.सी. सिमेन्टको उत्पादन बजारमा ल्याएको छ । 

उद्योगले निर्माणकर्तालाई लक्षित गर्दै ढलाई  मिक्स पि.पि.सी. सिमेन्टको गहिरो अनुसन्धान पछिको परिणाम मजबुती, उच्च टिकाउपन र छिटो सेट हुने भन्दै शनिबार नेपालमै पहिलो पटक नेपालगंज शहरमा लन्च गरेको हो । 

नविनतम उत्पादन ढलाई मिक्स पि.पि.सी. सिमेन्टको प्रयोगले घरको बिम, स्ल्याब, जग र पिल्लरको निर्माणलाई सुरक्षित, गुणस्तरीय र भरपर्दो बनाउने उद्योगले जनाएको छ । 
 
खासगरी ढलाई ’ मिक्स पि.पि.सी सिमेन्ट व्यक्तिगत घरहरुको ढलाईलाई लक्षित गरेर कम मूल्यमा गुणस्तरीय सिमेन्ट पाउन ढलाई मिक्स पि.पि.सी. सिमेन्टको उत्पादन थालिएको घोराही सिमेन्टले जनाएको छ ।  

यो सिमेन्ट उपभोक्तालाई अरु सिमेन्टको तुलनामा ५०% कटौती गरेर पिपिसीकै दरमा पाउने उद्योगको भनाइ छ । सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट इन्डष्ट्रीजले सगरमाथा ओ.पि.सी. , सगरमाथा गोल्ड पि.पि.सी. र घोराही ओ.पि.सी. हुदै ढलाई मिक्स पि.पि.सी. उत्पादन गर्दै आएको छ । 

यस उद्योगले वार्षिक १२ दशमलब ५ लाख मेट्रिक टन र  क्लिन्कर वार्षिक २ मिलियन उत्पादन गर्दै आएको छ । ढलाई मिक्स सिमेन्टको आगमन संगै घोराही सिमेन्ट इन्डष्ट्रीजले नेपालको दीगो र नवप्रवर्तनशिल निर्माण अभ्यासलाई अझ सशक्त प्रदान गर्ने मिशनलाई निरन्तरता दिने जनाएको छ । 

प्रतिक्रिया