अलैचीको मूल्य वृद्धि, प्रतिमन १ लाख

काठमाडौं । कालो सुनको उपमाले चिनिएको अलैंचीको मूल्य दशकयताकै उच्च बिन्दुमा पुगेपछि पूर्वी नेपालका किसान उत्साहित भएका छन् । 

पूर्वीपहाडी जिल्लाका बजारहरूमा प्रतिमन अर्थात ४० के.जी. एक लाख माथिको मूल्यमा अलैंचीको कारोबार भएपछि उत्पादक उत्साहित भएका हुन् ।

ग्रेडिङ गरेको उच्च गुणस्तरको अलैंचीले १लाख ५ हजार मूल्यमा कारोबार भएपछि किसानमा उत्साह छाएको हो । त्यस्तै, कैंची कट अर्थात पुच्छर काटेको १ लाख १ हजार र चालु अलैंची ९८ हजारमा बिक्री भइरहेको किसानहरुले बताएका छन् । 

यो वर्ष अलैचीले दश वर्ष यताकै उच्च मुल्य पाएको हो । गत वर्ष प्रतिमन ८२ हजारमा अलैंचीको कारोबार भएको थियो । मेची भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो तीन महिनामा ७ सय ७५ मेट्रिक टन अलैँची निर्यात भएको छ । 

यो विगत वर्षको तुलनामा निकै कम हो ।

प्रतिक्रिया