लिबर्टी इनर्जीका संस्थापकलाई ट्रम्पले दिए ऊर्जा मन्त्रालयको जिम्मेवारी

एजेन्सी । अमेरिकाका राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले ऊर्जा मन्त्रालयको जिम्मेवारी इन्धन र ग्यास उद्योग व्यवसायी क्रिस राइटलाई दिने भएका छन् । 

क्रिस लिबर्टी इनर्जीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत हुन् ।  इन्धन उत्पादन बढाउने ट्रम्पको अभियानलाई क्रिस सार्थक बनाउन लाग्ने अपेक्षा गरेको ट्रम्पले बताएका छन् । 

अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राइटको नियुक्ती सँगै अमेरिकाले इन्धनको उत्खननलाई तीव्रता दिन सक्ने अनुमान गरिएको छ । जलवायु परिवर्तनलाई लिएर विश्वभर उठिरहेको आवाजको विपक्षमा क्रिसले आफ्नो मत राख्दै आएका छन् । 

राष्ट्रपतिमा निर्वाचित भएपछि हाल ट्रम्प आफ्नो टिम बनाउनमा केन्द्रित छन । उनले जनवरी २० मा राष्ट्रपतिको जिम्मेबारी सम्हानेछन् 

प्रतिक्रिया