भारतीय प्रधानमन्त्री मोदी पहिलो पटक नाइजेरियामा

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक नाइजेरिया पुगेका छन् । 

राष्ट्रपति अहमद टिनुबुको निमन्त्रणामा उनी अफ्रिकी मुलुक पुगेका हुन् । प्रधानमन्त्री मोदीले आज राष्ट्रपति टिनुबुलाई भेटेर दुइ पक्षीय हितमा छलफल गर्ने बताइएको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार मोदीले राजधानी अबुजामा भारतीय समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । १७ वर्षमा कुनैपनि भारतीय प्रधानमन्त्रीको यो पहिलो नाइजेरिया भ्रमण हो । 

अफ्रिकामा विशेष गरी ऊर्जा, खानी, औषधि र सूचना प्रविधि जस्ता क्षेत्रहरूमा भारतीय लगानी रहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया