चीनमा अन्धाधुन्ध चक्कु प्रहार बाट ८ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको वुसी शहर स्थित एक विद्यालय बाहिर छुरा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ ।

आक्रमणमा थप १७ जना घाइते भएका छन् । वुशी यिक्सिङ आर्ट्स एण्ड क्राफ्ट्स कलेजमा छुरा प्रहारको घटना भएको हो । घटना पछि एक २१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार स्नातक परीक्षामा खराब नतिजा आएका कारण प्रमाणपत्र प्राप्त गर्न असफल भएपछि दुःखी भएका विद्यार्थीले चक्कु आक्रमण गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको चिनीयाँ प्रहरीले बताएका छन् । 

यस्तै, गत सोमबार चीनको दक्षिणी शहर झुहाईको एक स्टेडियममा भीडमा कार चलाउँदा ३५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया