आम जनता पार्टीले शनिबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टीले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।
जनतामाथि थोपरिएको अनावश्यक कर, बढ्दो महँगी र भ्रष्टाचार नियन्त्रण जस्ता सार्वजनिक महत्वका मुद्दामा सरकार उदासीन र निस्प्रभावी रहेको भन्दै पार्टीले विरोध प्रदर्शन गरेको हो ।
शान्ति वाटिकादेखि सुरु भएको प्रदर्शन विभिन्न स्थानको परिक्रमापछि पुनः शान्ति वाटिका मै पुगेर सभामा परिणत भएको थियो ।
प्रतिक्रिया