कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय समितिले कीर्तिपुर नगरपालिकाको रिक्त नगरप्रमुख पदमा कृष्णमान डङ्गोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।संसदीय समितिको आज शनिबार बसेको बैठकले डङ्गोललाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको पार्टी प्रदेश कार्यालयका मुख्यसचिव राजु नेपालले जानकारी दिए ।

उन कांग्रेसको कीर्तिपुर नगर कार्यसमिति सभापतिसमेत रहेका थिए । उक्त पदका लागि यही मङ्सिर १६ गते उपनिर्वाचन हुने.भएको छ । पार्टीको विधानअनुसार उपमहानगरपालिका र नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई रहेको छ ।

समितिमा प्रदेश कार्यसमितिका पदाधिकारी, काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र काठमाडौं जिल्ला सभापति सदस्य रहने विधानमा व्यवस्था छ । कीर्तिपुर नगरपालिकामा २०७९ सालको निर्वाचनमा कांग्रेसबाट निर्वाचित नगरप्रमुख राज कुमार कर्मीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । कीर्तिपुर नगरप्रमुखमा अन्य दलले यसअघि नै उम्मेदवार छनोट गरिसकेका छन् ।

प्रतिक्रिया