माओवादी र समाजवादीबीच चुनावी गठबन्धन गर्ने सहमति

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह उपनिर्वाचनमा काठमाडौंको दुई सिटमा चुनावी गठबन्धन गर्ने सहमति भएको छ ।

सहमतिअनुसार काठमाडौं महानगरपालिका १६ नम्बर वडामा एकीकृत समाजवादीलाई माओवादीले सघाउने र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सघाउने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले सो निर्णय गरेको हो ।

चुनावमा एक्लै लड्ने तर स्थानीय तहमा आवश्यकता अनुसार सहकार्य गर्ने नीति लिएर माओवादी र एकीकृत समाजवादी मिलेर जान तयार भएका छन् ।

दुई ठूला दल कांग्रेस र एमालेले चुनावी गठबन्धन नगर्ने नीति अघि सारेपछि माओवादीले पनि पदाधिकारीको बैठकमा एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । तर, माओवादीको गढ भएको क्षेत्रमा कांग्रेस एमाले पनि मिल्ने संकेत पाएपछि माओवादीले पनि एकीकृत समाजवादीसँग सहकार्य गरेको हो ।

प्रतिक्रिया