‘विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक’
बाँके । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारी आवश्यक भएको बताएका छन् । सरकार यसमा जोड दिन तयार रहेको उनले उल्लेख गरे ।
बाँके उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले ठूला र मझौला उद्योगलाई संरक्षण गर्न सकेमा नेपालले अर्थतन्त्रमा नसोचेको फड्को मार्ने धारणा व्यक्त गरे ।
उनले रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व भएको उल्लेख गर्दै लगानी प्रवर्द्र्धनमा सरकार गम्भीर भएको बताए । सरकार प्रतिस्थापन र निर्यात प्रवर्द्र्धधनमा केन्द्रित रहेर काम गरिरहेको मन्त्री भण्डारीले बताए ।
बाँकेको नौवस्तामा निर्माण हुन गइरहेको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा परेको उनको भनाइ थियो । उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वसर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री भण्डारीले बताए ।
प्रतिक्रिया