मुलुकलाई समाजवादको दिशामा लिन कम्युनिष्टहरु एक हुनुपर्छ : अध्यक्ष नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन कम्युनिष्टबीचको एकता गर्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष नेपालले नेपालमा कम्युनिष्टहबीचको एकता र सहकार्यले मात्रै मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन सहज हुने बताएका हुन् ।
अध्यक्ष नेपालले विश्वभरका कम्युनिष्ट पार्टीसँग सम्बन्ध राख्दै नेकपा एस अघि बढिरहेको जानकारी दिए ।
नेपालमा कम्युनिष्ट आन्दोलनको लामो इतिहास रहेको भन्दै उनले यसलाई थप बलियो बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया