ट्रम्प आएपछि रुससँगको युद्ध चाँडै अन्त्य हुने जेलेन्स्कीको विश्वास
एजेन्सी । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प संयुक्त राज्य अमेरिकाको राष्ट्रपति भएपछि रुससँगको युद्ध चाँडो अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।
युक्रेनी संचार माध्यमसँग कुराकानी गर्दै जेलेन्स्कीले यस्तो विश्वास ब्यक्त गरेका हुन् । जेलेन्स्कीले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जितपछि उनी र ट्रम्पबीच फोनवार्ता भएको पनि बताएका छन् । कुराकानी सकारात्मक भएको पनि जेलेन्स्कीले बताएका छन् । जेलेन्स्कीले रुससँग सम्भावित वार्ताका सम्बन्धमा ट्रम्पले कुनै माग गरेका छन् वा छैनन् भन्नेबारे केही बताएका छैनन्।
तर जेलेन्स्कीले भने कि उनले ट्रम्पबाट युक्रेनको अडानसँग विरोधाभास गर्ने कुनै कुरा सुनेको छैन।ट्रम्पले लगातार आफ्नो प्राथमिकता युद्धको अन्त्य र रोक्ने बताउँदै आएका छन् ।
ट्रम्पले युक्रेनलाई अमेरिकी सैन्य सहायताबाट अमेरिकी स्रोतको दुरुपयोग भइरहेको बताउने गरेका छन् ।ट्रम्प र जेलेन्स्कीबीच लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहेको थियो। ट्रम्पलाई २०१९ मा महाभियोग लगाइएको थियो कि उनले जेलेन्स्कीलाई बाइडेन परिवारको बारेमा हानिकारक जानकारी खोल्न दबाब दिएका थिए।
वर्षौंको मतभेदको बावजुद, ट्रम्पले जिलेन्स्कीसँग आफ्नो धेरै राम्रो सम्बन्ध रहेको बताउने गरेका छन् ।
प्रतिक्रिया