राजनीतिका लागि बुद्धिजमको दुरुपयोग गर्नेलाई निषेध गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्मलाई राजनीतिक रुपबाट दुरुपयोग गर्ने कुचेस्टा भइरहेको बताएका छन् ।

ललितपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधान गर्दै ओलीले राजनीतिक हिसाबले बुद्ध धर्मलाई दुरुपयोग खोजिएको बताउँदै त्यस्ता कार्यलाई निषेध गर्नुपर्ने बताएका हुन् । 

राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्न नहुने ओलीको भनाइ थियो । उनले सम्पूर्ण मानव जातिका लागि मित्रता, एकता, करुणा, सहनशीलता, सहअस्तित्वको कुरा बुद्ध धर्ममा गरिएको पनि बताए ।

‘राजनीतिक हिसाबले आज बुद्धिजमलाई दुरुपयोग गर्न खोजिरहेका छन् । पोल्टिकल चिटिङ (राजनीतिक ठगी) गरिरहेका छन् । त्यसका लागि बुद्धिजमको दुरुपयोग गर्न खोजेका छन् । त्यो कुरालाई हामीले निषेध गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भन्छन्, ’राजनीतिका लागि बुद्धिजमलाई माध्यम बनाएर ठगी गर्ने होइन । बुद्धिजमको शिक्षा बिल्कुल फरक हो ।’

प्रधानमन्त्री ओलीले बुद्ध धर्ममा उँचनिच नरहेकाले बुद्धका विचारलाई निःस्वार्थ भावले अपनाउनुपर्ने बताए । आफू बुद्धवादको अध्येता नभई बुद्धवाद मन पराउने मानिस भएको बताए ।

प्रतिक्रिया