भदौ महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर प्रकाशित
वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । आज प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही बैंकले ब्याज घटाएका छन् । ब्याजदर बढाउने बैंकहरुको व्यतिगत मुद्दती खातामा अधिकतम १० दशमलव ८९ प्रतिशत ब्याज दिने भएका छन् । तर, यस्तो ब्याज एक वर्ष भन्दा माथिको मुद्दती खातामा मात्रै पाइने छ । कुमारी, ग्लोबल आइएमई, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, नेपाल बैंक, एभरेष्ट, सिटिजन्स, सानिमा, माछापुच्छरे र प्रभु बैंकहरुले ब्याजदर बढाएका हुन् । यी बैंकहरुले संस्थागत मुद्दती खातामा भने अधिकतम ८ दशमलव ८९ प्रतिशतका दरले ब्याज दिने छन् । गत महिना ब्याजदर बढाएका बैंकहरुले भने भदौका लागि ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबि, प्राइम कमर्सियल, स्ट्याण्डर्ड चार्टर्ड र एनआईसी एशिया रहेका छन् । व्यक्तिगत मुद्दती खातामा सबैभन्दा कम ब्याजदर दिएको स्ट्याण्डर्ड चार्टर्ड बैंकले अधिकतम् ब्याज ८ दशमलव ९२ प्रतिशत दिने जनाएको छ । संस्थागत तर्फभने सो बैंकले ६ दशमलव ९२ प्रतिशत दिने उल्लेख छ । हिमालयन, नेपाल एसबीआई, इन्भेष्टमेन्ट मेगा र नविल बैंकले भने ब्याजदर परिवर्तन गरेका छैनन् । विकास बैंकहरुले पनि ब्याजदरमा सामान्य वृद्धि गरेका छन् ।
प्रतिक्रिया