पोल्याण्डलाई हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा

काठमाडौं । नेशन्स लिग फुटबलमा पोर्चुगलले पोल्याण्डलाई ५–१ गोलले हराएको छ । 

शुक्रबार राति भएको खेलमा पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र ‘ओभरहेड किक’को मद्दत सँगै पोर्चुगलले पोल्यान्डलाई ५–१ ले पराजित गर्दै नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो । 

रोनाल्डोले अहिले सम्म १ सय ३५ वटा अन्तर्राष्ट्रिय गोल गरेका छन्  । यो कुनै पनि खेलाडीले गरेको सर्वाधिक गोल सङ्ख्या हो । अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई २–१ गोलले हरायो ।  समूह ‘ए’ मा पोर्चुगल १३ अङ्कसहित शीर्ष स्थानमा छ, क्रोएसिया ७ अङ्कसहित दोस्रो, पोल्याण्ड चार अङ्कसहित तेस्रो र स्कटल्याण्ड चौथो स्थानमा छ । 

शुक्रबार राति नै भएको अर्को खेलमा स्पेनले डेनमार्कलाई २–१ गोलले हरायो । स्वीट्जरल्याण्ड र सर्बियाले बराबरी खेलेका छन् । यस्तै, बुल्गेरियाले लक्जेम्बर्गलाई तथा नर्दन आइसल्याण्डले बेलारुसलाई हराएका छन् । सान मारियो र गिब्रल्टरले बराबरी खेलेका छन्  । 

प्रतिक्रिया