सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ आजदेखि निष्कासन

सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ आजदेखि निष्कासन गरेको छ । कम्पनीले निष्कासन गरेको आईपीओमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा निष्कासन अवधि भदौ १४ गतेसम्म लम्बिने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता सेयरमा आवेदन खुला गरेको हो । सर्वसाधारणले अंकित मूल्य १०० रुपैयाँमा १ सय ३९ प्रतिशत रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३९ रुपैयाँमा आईपीओ निष्कसान गरेको हो । इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० देखि २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ ७२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय ५८ रुपैयाँ ४१ पैसा रहेको छ । उक्त अवधिसम्म कम्पनी ३९ करोड ५४ लाख रुपैयाँ नाफामा रहेको छ । 

प्रतिक्रिया