दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
एजेन्सी । दक्षिण कोरियाली विपक्षी नेता ली जे–म्युङल राजनीति बाट निलम्बित भएका छन् ।
दक्षिण कोरियाली अदालतले चुनावी कानून उल्लङ्घन गरेको आरोपमा शुक्रबार राजनीति बाट निलम्बित गरी जेल सजाय सुनाएको हो । सियोल केन्द्रीय जिल्ला अदालतले मुख्य विपक्षी डेमोक्र्याटिक पार्टीका नेता लीलाई सार्वजनिक आधिकारिक निर्वाचन ऐनको उल्लङ्घन गर्दै झुटो बयान दिएकोमा दोषी ठहर गरेको छ ।
अन्तर्राष्ट्रिय सञचार माध्यमका अनुसार अदालतले उनलाई एक वर्षको जेल सजाय र दुई वर्षका लागि राजनीतिक प्रतिस्पर्धामा सहभागी हुन बाट निलम्बन गरेको छ । फैसलापछि लीका आक्रोसित समर्थकहरू अदालत बाहिर भेला भई उनको पक्षमा नाराबाजी गरेका थिए ।
नेता लीले उक्त फैसलालाई कोरियाली इतिहासको कालो दिन मान्ने वाचा गर्दै फैसला स्वीकार गर्न निकै गाह्रो भएको बताए ।
प्रतिक्रिया