नेपाल बैंकमा फेरि अव्यवस्थित नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन : गभर्नर अधिकारी
काडमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकमा फेरि अव्यवस्थित नहुने गरी काम गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिएका छन् । शुक्रवार काठमाडौंमा भएको नेपाल बैंक लिमिटेडको ८८ औं वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिएका हुन ।
उनले नेपाल बैंक राज्यको ठूलो लगानीका साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि अव्यवस्थित भएको विषय सुन्नु नपर्ने गरी काम गर्न आग्रह गरे । गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनका लागि छुट्टै मेकानिजम बनाइरहेको पनि बताए । उनले उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन बनाए प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपरभिजन गर्न शुरु गरेको जानकारी पनि दिए ।
प्रतिक्रिया