जाडो बढेसँगै तराईको जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्न सुरु

काठमाडौं । जाडो बढेसँगै तराईको जिल्लामा बाक्लो कुहिरो र हुस्सु लाग्न सुरु भएको छ । बाक्लो कुहिरोसँगै झर्ने शीतका कारण जनजीवन थप प्रभावित हुने गरेको छ । अबको केही महिना बाक्लो कुहिरो र हुस्सुका कारण राजमार्गमा सवारीसाधन सञ्चालनमा समेत कठिनाइ हुने गर्दछ ।

कुहिरोसँगै झर्ने शीतका कारण मानिसहरु बिरामी पर्ने तथा केहीको मृत्युसमेत हुने भएकाले यसको न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले तयारी थाल्दैछ ।

जाडोबाट क्षति हुन कम गर्नका लागि बिहानीको समयमा मानिसलाई घर बाहिर ननिस्कन, जरुरी काममा निस्कनै परे बाक्लो लुगा लगाउन आग्रह गरिने प्रशासन कार्यालयहरुले जनाएका छन । जाडो अझै बढेपछि ग्रामिण क्षेत्रमा दाउरा वितरण गर्ने तयारी छ ।

प्रतिक्रिया