पेट्रोलको कायमै, डिजेल र मट्टितेलको मूल्य बढ्यो
काठमाडौं । डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुनेगरी डिजेल तथा मट्टितेलमा साबिकको मूल्यमा ३ रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।
यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ कायम भएको छ ।
पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।
प्रतिक्रिया