सन्दीप मुद्दाको अन्तिम सुनुवाइ आज, सुनुवाइ भने अन्योलमै

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ आज हुँदैछ । विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको छ । बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। तर यसअघि पटक–पटक स्थगित भएका कारण मुद्दाको सुनुवाइ आज पनि हुने अन्योलमै छ । क्षतिपूर्तिको विषय किनारा लागेकाले अन्तिम सुनुवाइ हुने सम्भावना कायमै छ ।  यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो । जिल्ला अदालतले पीडितलाई एक लाख रुपैयाँ अन्तरिम राहत उपलब्ध गराउन आदेश पनि दिएको छ ।

प्रतिक्रिया